एभिसी सेन्ट्रल जोन

एभिसी सेन्ट्रल जोन: पुरुषतर्फको उपाधी श्रीलंकालाई

काठमाडौं । श्रीलंकाले आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ । 

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्यो । 

यसअघि उज्वेकिस्तानले नेपाललाई पराजित गर्दै पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । यस्तै मंगलबार नै सम्पन्न महिलातर्फ श्रीलंकाले किर्गिस्तानलाई हराउँदै तेस्रो स्थान हात पारेको छ ।

त्यस्तै महिलातर्फ साविक विजेता नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को रोमाञ्चक सेटमा हराएर उपाधी रक्षा गरेको थियो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ टोलीको सहभागिता थियो ।