नेपाली फुटबल

नेपालले मौरिससलाई आतिथ्य प्रदान गर्दै

काठमाडौं । नेपालले जनवरी अन्तिम साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनबरी २९ र फेर्बुअरी एकमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएको हो । \

फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरानमा मैत्रीपूर्ण खेलको आयोजना हुन लागेको एन्फाले जनएको छ । 

पछिल्लो पटक नेपालले दशरथ रंगशालामा सेप्टेम्बर दुई र पाँच गरि भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । 

नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो ।

नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।