एसिसी यु १९ एसिया कप

नेपाल जितविहिन

काठमाडौं । कुवेतसँग एक विकेटले निराश भएसँगै नेपालको एसिसी यु १९ एसिया कपमा जितविहिन बनेको छ ।

समूह 'बी ;को पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा कुवेतमाथि जितका साथ प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्थ्यो ।

तर कुवेतका कप्तान तथा ओपनर मित भवासरको उत्कृष्ट ब्याटिङ सामु नेपाल निराश बनेको हो ।

नेपालले प्रस्तुत गरेको दुई यस ४० रनको लक्ष्य पछ्याएको कुवेतले ४८. ५ ओभरमा नौ विकेटको क्षतीमा पूरा गरेको थियो ।  

कुवेतका लागि कप्तान तथा ओपनर मित भवासर र जुड सल्धानाले पहिलो विकेटका लागि एक सय ९ रनको साझेदारी गर्दै कुवेतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । भवासरले एक सय ४९ बलमा २४ चौका र १ छक्का मद्दतमा अविजित एक सय ७५ रन बनाए । 

नेपालका लागि गुल्सन झाले तनि विकेट लिए भने विवेक यादव, शेर मल्ल,र वासिर अहमदले समान दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रनको योगफल खडा गरेको थियो ।

नेपालले सुखद सुरुआत भने गर्न सकेन । ४.३ ओभरमा  २७–३ को कठिन अवस्थामा आइपुगेको नेपालको इनिङ  चौथो विकेटका लागि वासिर अहमद र विवेक यादवले ९२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । 

विवेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रनको योगदान दिँदा वासिरले ६१ बलमा ७ चौका र १ छक्का मद्दतमा ५६ रन जोडे । त्यस्तै मोहम्मद आदिल आलमले ४२ बलमा २ चौका र ५ छक्का मद्दतमा ४९ र शेर मल्लले २६ बलमा ३ चौका प्रहार गरे ।

कुवेतका मिर्जा अहमेद र अब्दुल सादिकले समान ३ विकेट लिँदा मोहम्मद बास्ताकी र हेनरी थोमसले समान दुई विकेट लिए ।