एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता

नेपाली पुरुष टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बहादुर बमको पुनरागमन

काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली पुरुष टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बहादुर बमले पुनरागमन गरेका छन् ।

आइतबार डच प्रशिक्षक हान एबिङको नेतृत्वमा पहिलोपटक राष्ट्रिय टोलीमा परेका धिरज बस्नेत सहित दिपकराज जोशी र रविन चन्द टोलीबाट बाहिरिएका छन् ।

नेपाल भलिबल संघले मंसिर तीन गते एनभिए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीबाट उत्कृष्ट २० लाई बन्द प्रशिक्षणमा राखेको थियो ।

बन्द प्रशिक्षणबाट पहिलो चरणको छनोटमा  दिल बहादुर सुनार, झमन सिंंह दर्जी, विजय थापा र दुर्गा महतोलाई टोली बाहिर राख्दै २० खेलाडीलाई छनोट गरेको थियो ।

डिसेम्बर २१ देखि २९ सम्म ढाकामा आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला र पुरुष टोलीले एक महिनादेखी  बन्द प्रशिक्षण  सुरु गरेका थिए ।

शनिबार प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा १२ सदस्यीय महिला टोली पनि घोषणा भइसकेका छन् ।

छनोट भएका खेलाडीहरुमा इम बहादुर राना, हरिहजुर थापा, मान बहादुर श्रेष्ठ ,धन बहादुर भट्ट ,राजेन्द्र विस्ट, टेकराज अवस्थी ,हरि बहादुर अधिकारी ,दुर्गा बहादुर खड्का,भैरव बहादुर बम, सरन सामरी क्षेत्री ,विशाल बहादुर विक , र विनोद चन्द रहेका छन् ।