राष्ट्रिय महिला भलिबल टिम

अरुणा सम्मानित

काठमाडौं । शेर बहादुर खड्का स्मृति प्रतिस्ठानले शनिबार नेपाली रास्ट्रिय महिला टोलीको कप्तान अरुणा साहिलाई ‘शेर बहादुर खड्का स्पेसियल अवार्ड’ बाट सम्मान गरेको छ । 

प्रतिस्ठानले २०७६ कार्तिकमा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा स्वणर् तथा सोहि वर्ष मंसिरमा घरेलु मैदानमै सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ऐतिहासिक रजत पदक जित्दा कप्तान अरुणाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

अरुणाले नगद रु ५० हजार प्राप्त गरिन् ।

सम्मान कार्यक्रमको प्रमुख अतिथिमा एनआइसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपाने, प्रतिस्ठानकी उपाध्यक्ष कमली खड्का, नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतको उपस्थिती थियो ।

अरुणाले आफ्नो पुरस्कार सम्पूर्ण टोलीप्रती समर्पण गरिन् ।

‘शेर बहादुर खड्का स्मृति प्रतिस्ठानले प्रदान गर्ने ‘शेर बहादुर खड्का स्पेसियल अवार्ड’ बाट मलाई सम्मान गरेकोमा निक्कै खुसी र थप दायित्वबोधको महसुस गरेको छु,’ उनले भनिन्, ‘म मेरो यो पुरस्कार सम्पुणर् टोलिलाई समर्पण गर्न चाहन्छु । हामी फेरि पनि सेन्ट्रल जोन भलिबलमा स्वणर् ल्याउन प्रयास गर्ने छौ । आगमी दिनमा यसको निरन्तरताका लागि प्रतिस्ठानलाई सुभकामना दिन चाहन्छु ।’