- इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि
- कसरी जित्यो इन्टर मिलानले लिग ?
- यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी
- सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’
- महिला फुटबल लिग छनोटको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- महिला फुटबल लिगको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- दशरथ रंगशालामा लामो कपालको चर्चा
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
पेरिस । जर्मन बुन्डेसलिगा क्लब इन्ट्राट फ्रयांकफर्टले बुधबार रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको छ ।
फ्रयांकफर्टले ४२ वर्षपछि युरोपियन प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
फ्रयांकफर्टले पछिल्लो पटक सन् १९८० मा युरोपा कपको फाइनल खेलेको थियो । त्यसयता फ्रयांकफर्ट कुनै पनि युरोपियन प्रतियोतिको फाइनल प्रवेश गर्न सकेको थिएन ।
सो फाइनलमा फ्रयांकफर्टले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई हराउँदै उपाधि जितेको थियो ।
५७औं मिनेटमा जो अरिबोको गोलमा रेन्जर्सले अग्रता लिएको थियो । ६९औं मिनेटमा राफेल सान्तोष बोरले गोल गर्दै फ्रयांकफर्टलाई खेलमा फर्काएका थिए ।
पेनाल्टी सुटआउटमा पनि बोरको गोल निर्णायक बन्यो । रेन्जर्सका आरोन रामसेको पाँचौ पेनाल्टी प्रहार फ्रयांकफर्टका गोलकिपर केभिन ट्रापले विफल पारेका थिए । यसअघि अतिरिक्त समयमा पनि ट्रापले रायन केन्टको उत्कृष्ट प्रहार बचाउँदै फ्रयांकफर्टको संकट टारेका थिए ।
पेनाल्टी सुटआउटमा रेन्जर्सका जेम्स टाभेरनियिर, स्टेभन डेविस, स्कट अरफिल्ड र केमार रोफीले गोल गरे । फ्रयांकफर्टका एन्डिज रुस्टिक , दाइज कामदा, फिलिप कोस्टिक, क्रिस्टोफर लेन्ज र बोरले गोल गरे ।