- पहिलो लेगमा लेभरकुसन विजयी
- चेल्सीले टोटनहमलाई हरायो
- राजस्थानविरुद्ध हैराबादको रोमाञ्चक जित
- अन्तिम खेलमा सुदूरपश्चिम विजयी
- सिन्धुपाल्चोक जिल्ला लिगः राइजिङ युवा क्लब रेलिगेशनमा
- आत्मघाती गोलमा झम्सिखेल विजयी
- एन्जल हार्ट र एलआरआई विजयी
- मध्यपुरमाथिको कार्वाही फिर्ता, ‘बी’ डिभिजन लिग यो वर्ष पनि नहुने
- वेस्ट इन्डिज ‘ए’ लाई नेपालविरुद्धको शृंखला
- कप्तान रोहित आउट
काठमाडौंं । सुदूरपश्चिम प्रदेशले राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध ५-१ को जित निकाल्यो ।
सुदूरपश्चिमलाई जित दिलाउन मीना देउवाले दुई तथा रीना चन्द, बिर्सना चौधरी र गंगा चौधरीले समान एक गोल गरे । गण्डकीका लागि सुस्मिता गुरुङले एक गोल फर्काइन् ।
खेलको ३३औं मिनेटमा रीनाको गोलमार्फत सुदूरपश्चिमले अग्रता लियो । ५४औं मिनेटमा सुस्मिताले खेललाई बराबरीमा ल्याइन् ।
१० मिनेटपछि बिर्सनाले गोल गर्दा सुदूरपश्चिम २-१ ले अगाडि बढ्यो । ७४औं मिनेटमा मीनले टोलीका लागि तेस्रो गोल गरिन् ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा मीनाले ब्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमको अग्रता ४-१ को बनाइन् । इन्जुरी समयमा गंगाले गोल गर्दै सुदूरपश्चिमलाई ५-१ को सहज जित दिलाइन् ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशमाथि ३-० को सहज जित निकाल्यो ।