- रोमा र युभेन्ट्सको बराबरी
- लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो
- लिभरपुलले टोटनहमलाई हरायो
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
- वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित
- सैनिकको विजयी यात्रा जारी
- चेन्नइले पञ्जाबलाई हरायो
- गोलबजारको पहिलो जित
- सुमन, बबिन र अशोकलाई प्रतिबन्ध, आरसी ३२ र स्वयम्भूकाे अंक खोसियो
काठमाडौं । यसै वर्ष चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् ।
एरिका युएस ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन हाल अमेरिकामा छिन् । यसैगरी सोही प्रतियोगिताका लागि अमेरिका पुगेका १९औं एसियाली खेलकुदमा प्रशिक्षकको भूमिकामा रहेका १०औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।
गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपनमा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन । साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन ।
युएस ओपनको अनुभवले आगामी दिनमा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फाइदा पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘यहाँको सहभागिताले थप हौसला मिलेको छ । २०औं एसियाली खेलकुदमा यहाँको अनुभवले सहयोग मिल्नेछ,’ श्रेष्ठले भने ।
नेपालले आगामी जुलाईमा भुटानमा हुने आठौं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । युएस ओपनको अनुभव भुटानमा पनि काम लाग्ने उनको विश्वास छ । अमेरिकाबाट नेपाली टोली अर्को साता काठमाडौं फर्कने प्रशिक्षक श्रेष्ठले बताए ।