युएसए ओपन अन्तर्राष्ट्रिय कराते
Flash News
- रोमा र युभेन्ट्सको बराबरी
- लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो
- लिभरपुलले टोटनहमलाई हरायो
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
- वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित
- सैनिकको विजयी यात्रा जारी
- चेन्नइले पञ्जाबलाई हरायो
- गोलबजारको पहिलो जित
- सुमन, बबिन र अशोकलाई प्रतिबन्ध, आरसी ३२ र स्वयम्भूकाे अंक खोसियो
वैशाख २४, २०८१
काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीको बिदाइ भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा हुने प्रतियोगितामा नेपालबाट विप्लवलाल श्रेष्ठ र एरिका गुरुङले सहभागिता जनाउन लागेका हुन् । टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ छन् ।
विप्लवले पुरुष ८४ केजीमाथि तथा एरिकाले महिला ६८ केजीमाथिमा प्रतिस्पर्धा गर्नेछन् ।
कुशलबाहेक तीन जना सोमबारै अमेरिका प्रस्थान गर्दैछन् । कुशल भने मंगलबार जानेछन् ।