युएस ओपन

नाडाल चौथो चरणमा

न्युयोर्क । दोस्रो वरियताका राफेल नाडाल युएस ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । 

कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले आइतबार बिहान तेस्रो चरणमा रिचार्ड गास्क्वेटलाई ६–०,६–१,७–५ ले हराए । रिचार्डमाथि जित निकाल्न नाडालले दुई घण्टा र १७ मिनेट खर्चिएका थिए । 

यो जितसँगै यस वर्षका अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नडालले चौथो चरणमा फ्रान्चेज टियाफोको सामना गर्नेछन् ।

फ्रान्चेजले भने डिएगो स्ट्वार्टचम्यानलाई ७–६,६–४,६–४को सोझो सेटमा हराए । त्यस्तै मारिन सिलिचले ड्यानियल इभान्समाथि ७-६,६-७,६-२,७-५ को जित निकाले । 

यता महिला एकलमा आर्यना साबालेन्काले कार्ला बुरेलमाथि ६-०,६-२ ले हराउँदै चौथौ चरणमा स्थान बनाइन । यसअघि कारोलिना पिलिस्कोभा र इगा स्वाटेकले पनि चौथो चरणमा स्थान बनाइसकेका छन् ।