युएस ओपन

सेरेना तेस्रो चरणमा

न्युयोर्क । दोस्रो वरियताकी एनिट कोन्टाभयिटलाई स्तब्ध पार्दै सेरेना विलियम्स बिहीबार युएस ओपनको तेस्रो चरणमा प्रवेश गरेक छिन् ।

सेरेनाले दोस्रो चरणमा कोन्टाभियटमाथि ७-६(४-७),२-६,६-२ को जित निकालिन् । सेरेनाले अघिल्लो चरणको यात्रा पक्का गर्ने क्रममा दुई घण्टा २७ मिनेट खर्चिएकी थिइन ।
तेस्रो चरणमा सेरेनाले ४६औं वरियताकी एज्ला तोमल्यान्कोभिचको समना गर्नेछिन् ।

यसअघि युएस ओपनपछि २७ वर्षको टेनिस यात्रामा पूर्णविराम लगाउने संकेत गरेकी विलियम्सले जारी प्रतियोगितामा प्राप्त सफलतापछि भने संन्यासको बारेमा अझै दुबिधामा रहेको प्रतिक्रिया दिएकी छिन् ।

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्न चाहन्छिन् ।

तोमल्यान्कोभिचले दोस्रो चरणको यात्रा पक्का गर्ने क्रममा रोडिनामाथि ६-१,२-६,५-७ को जित निकालिन् ।