युएस ओपन

राडुकानु पहिलो चरणमै स्तब्ध

न्युयोर्क । युएस ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेकी इमा राडुकानुको यात्रा यस पटक भने पहिलो चरणमै सीमित भएको छ ।

मंगलबार सम्पन्न पहिलो चरणमा साविक विजेता राडुकानु एलिज क्रोनेटसँग ६-३,६-३ को सोझो सेटमा पराजित भइन ।

क्रोनेटले दोस्रो चरणमा क्याटेरिना सिनियाकोभाको सामना गर्नेछिन् । राडुकानुले पछिल्लो ६ खेलमा चार पटक सोझो सेटमा पराजित भएकी थिइन । १९ वर्षिया राडुकानुले गत वर्ष पहिलो सहभागितामै युएस ओपनको उपाधि जितेकी थिइन । 

उनले त्यसयता ग्रान्ड स्लाममा लगातार तीन खेल जित्न सकेकी छैनन् ।

 सिनियाकोभाले टेलर टाउनसिल्डलाई ६-४,४-६,६-२ को सेटमा हराउँदै दोस्रो चरणको टिकट काटिन्  ।

त्यस्तै भिक्टोरिया अजरेन्का एस्लिनलाई ६-१,६-४,६-२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाइन ।