युएस ओपन

सेरेनाले मार्गरेटको कीर्तिमान बराबरी गर्ने सम्भावना न्युनः मास्सी

न्युयोर्क । सेरेना विलियम्सका पूर्व प्रशिक्षक रिक मास्सीले संन्यासको संघारमा रहेकी विलियम्सले यस पटक युएस ओपन जित्ने सम्भावना न्युन रहेको र उनका लागि यो प्रतियोगिता सुखद बर्हिगमनको बाटो मात्र हुने बताएका छन् ।

विलियम्सले युएस ओपनपछि संन्यास लिने बताइसकेकी छिन् । उनले डांका कोभिनिचविरुद्धको खेलसँगै आजबाट सुरु हुने प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछिन् ।

२३ पटककी ग्रान्ड स्लाम विजेता विलियम्स थप एक उपाधिसहित मार्गरेट कोर्टको नाममा रहेको २४ ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्न चाहन्छिन् ।

विलियम्स र उनकी दिदी भेनसलाई समेत प्रशिक्षण दिइसकेका मास्सीले भने उनले युएस ओपनको उपाधिसहित मार्गरेटको कीर्तिमान बराबरी गर्ने सम्भावना भने न्युन रहेको बताए ।

‘मलाई धेरैले सोध्छने, विलियम्सले युएस ओपन जित्छिन् ? म सेरेनाले ६ पटक युएस ओपन जितिसकिन भन्छु, मास्सीले भने, ’यस पटक भने म उनले युएस ओपन जित्ने सम्भावना न्युन देख्छु । उनको बढ्दो उमेर र पछिल्लो केही समययता उनले गुमाएको लयले पनि उनको मार्गरेटको २४ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्य कठिन छ ।