टेनिस

छिट्टै स्वभाविक लयमा फर्कने राडुकानुको विश्वास

न्युयोर्क । साविक विजेता इमा राडुकानुले युएस ओपनको उपाधि रक्षाको लक्ष्य रहेकाले दबाबरहित खेल्न चाहेको बताएकी छिन् ।

 सिन्सेनाटीमा वेस्टर्न एण्ड साउथन ओपनमा राडुकानुले सेरेना विलियम्स र भिक्टोरियो अजेरेन्जकालाई सोझो सेटमा पराजित गरेकी थिइन । विश्व वरियताको शीर्ष २५ मा रहेका खेलाडीमाथि राडुकानुले निकालेको यो तेस्रो जित हो । गत वर्ष डेब्युमै युएस ओपनको उपाधि जित्ने क्रममा राडुकानुले बेलिन्डा बेन्सिच र मारिया सक्कारीलाई हराएकी थिइन ।

‘पछिल्लो एक वर्षमा मेरो खेल सधै स्वभाविक स्तरको रहेन’, राडुकानुले भिनन्, ‘सम्भवत दबाब लिएकै कारण मैले धेरै खेल गुमाएकी  छु । म युएस ओपनको उपाधि रक्षाको लक्ष्यमा छु । त्यसैले दबाबमा भन्दा पनि स्वतन्त्र भएर खेल्ने प्रयास गर्नेछु । युएस ओपन अघिका प्रतियोगिता मेरा लागि स्वभाविक लयमा फर्कने सुनौलो अवसर हो ।’