युएस ओपन

जोकोभिचको युएस ओपन सहभागितामा विरोध गर्दैनौः टेलर

न्युयोर्क । टेलर फ्रिट्जले नोभाक जोकोभिचको युएस ओपन सहभागिताले कसैलाई पनि असर नपर्ने बताएका छन् ।

साथै टेलरले जोकोभिचलाई अमेरिकाले खेल्ने अनुमती दिनेमा समेत विश्वस्त रहेको बताए ।

अमेरिकामा कोभिड १९ विरुद्धको खोप नलगाएका विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएपछि विम्बल्डन च्याम्पियन जोकोभिचको युएस ओपन सहभागिता अनिश्चित बनेको हो ।

२१ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिच राफेल नाडालको नाममा रहेको सर्वाधिक ग्रान्ड स्लामको कीर्तिमान भेट्टाउने लक्ष्यमा छन् । नाडालले फ्रेन्च ओपनको उपाधिसहित २२औं ग्रान्ड स्लामको कीर्तिमान रचेका थिए ।

टेलरले यसै महिनाको अन्त्यमा सुरु हुने युएस ओपनमा जोकोभिचलाई खेल्न दिए त्यसमा आफूहरुको विरोध नहुने पनि बताए ।

‘यो निकै कठिन छ, उनले भने, ’कुनै एक व्यत्तिका लागि एउटा राष्ट्रले लिएको निति परिवर्तन हुन कठिन छ ।तर खोप नलगाएकै कारण एउटा खेलाडीलाई प्रतियोगिता खेल्न अवसरबाट वञ्चित गर्नु राम्रो होइन । जोकोभिचको सहभागिताले कसैलाई पनि असर पर्छ जस्तो मलाई लाग्दैन ।'