युएस ओपन

सेरेनाको अघि म अझै बच्चा जस्तै हुँः स्वाटेक

लन्डन । विश्व नम्बर एक इगा स्वाटेकले २३ पटककी ग्रान्ड स्लाम विजेता सेरना विलियम्सको अघि आफु अझै बच्चा जस्तै रहेको बताएकी छिन् ।

यसै महिनाको अन्त्यमा सुरु हुने युएस ओपनमा स्वाटेकलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

स्वाटेक रसेरेना डब्लुटिए टुरमा अहिले सम्म आमने सामने भएका छैनन । दुई पटककी फ्रेन्च ओपन विजेता समेत रहेकी स्वाटेकले अहिले सम्म कुनै पनि प्रतियोगितामासेरेनासँग भेट नभएको बताइन ।

 सेरेनाले भने युएस ओपनपछि संन्यास लिने संकेत गरिसकेकी छिन् । जाहाँ यी दुई पहिलो पटक आमने सामने हुनेछन् ।

‘म सेरेनासँग आँखा जुधाएर हेर्न पनि सक्दिन’, स्वाटेकले भनिन्, ‘उनी महान खेलाडी हुन् । उनको अघि म विश्व नम्बर एक खेलाडी हुँ जस्तो नै लाग्दैन । म उनको अघि अझै पनि टेनिस सिक्दै गरिहेको छु जस्तो लाग्छ । मैले युएस ओपनमा उनको सामना गर्दैछु । सो खेलका लागि निकै उत्साही छु ।’