विम्बल्डन

नाडाल तेस्रो चरणमा

लन्डन । राफेल नाडालले बिहीबार रिकार्डस बेरानकिसलाई निराश पार्दै विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो सेट र दोस्रो सेटमा ६-४, ६-४ को जित निकालेका नाडालले तेस्रो सेट ४-६ ले गुमाए । चौथो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै नाडालले अघिल्लो चरणमा स्थान पक्का गरे ।

अस्ट्रेलियन ओपन र फेन्च ओपनका विजेता नाडालको यो ग्रान्ड स्लाममा लगातार १६औ जित हो । खुट्टाको चोटका कारण नाडालले प्रशिक्षणका लागि थोरै समय मात्र पाएका थिए ।

‘मेरा लागि हरेक खेल चुनौती हो र यो सत्य हो ,’नाडालले भने, ‘मैले पछिल्लो तीन वर्षमा कमै मात्र घाँसे कोर्टमा खेले । मैले अझ धेरै सुधार गर्न आवश्यक छ । मेैले चौथो सेटमा स्वभाविक लय भेट्टाए जस्तो लाग्छ ।’

नाडाल २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । विश्व नम्बर एक नोकाभ जोकोभिच र रोजर फेडेररको समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।