विम्बल्डन

सेरेना तानसँग स्तब्ध

लन्डन । हार्मोनी तानसँग निराश भएसँगै २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सको विम्बल्डन यात्रामा पूर्णविराम लागेको छ ।

तानले भने सेरेनाको सामना गर्नु अघि निकै डर लागेको प्रतिक्रिया दिएक छिन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्यो । तानले ७–५,१–६,७–६ (१०–७) को जित निकालिन् । 

‘सेरेना सुपरस्टार हुनु र म युवा खेलाडी । मैले उनको धेरै खेल हेरेको छु, एउटा समर्थकको रुपमा पनि’,तानले भनिन्, ‘यो मेरो पहिलो विम्बल्डन सहभागिता थियो र पहिलो भेटमा सेरेनामाथि जित निकाल्दाको क्षण म वर्णन गर्न सक्दिन । जब मैले तालिका हेरेको थिए, म निकै डराएको थिए । किनभने मैले सेरेनासँग खेल्नु थियो । उनी महान खेलाडी हुन् । मलाई कसरी उनीविरुद्ध प्रतिस्पर्धा गर्ने होला जस्तो लाग्थ्यो । विम्बल्डनमा यस पटक एक दुई खेल जितेमा पनि मेरा लागि त्यो उपलब्धी नै हुन्थ्यो । सेरेनामाथिको जितलाई मैले खेलजीवनकै ठूलो सफलताको रुपमा लिएकी छु ।’

तानले अब ३२औं वरियताकी सारा सोरिबेस टोर्माेको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६–२,६–१ को जित निकालिन् ।