विम्बल्डन

विम्बल्डनबाट किलिचको नाम फिर्ता

लन्डन । कोभिड १९ संक्रमण पुष्टी भएसँगै मारिन किलिच विम्बल्डनबाट नाम फिर्ता लिन बाध्य भएका छन् ।

कलिचिले पहिलो चरणमा म्याकेन्जी म्याकडोनल्डको सामना गर्ने तालिका रहेको थियो । किलिचको स्थानमा नुनो बोगर्सले म्याकेन्जीको सामना गर्नेछन् । विम्बल्डन र युएस ओपनको पूर्व विजेता रहिसकेका किलिचले हालै मात्र फ्रेन्च ओपन र क्विन्स कप च्याम्पियनसिपको सेमिफाइनल सम्मको यात्रा तय गरेका थिए ।

किलिचले ट्विटरमार्फत आफू कोभिड १९ संक्रमित भएको जनाएका हुन् ।

‘म कोभिड १९ संक्रमित भएसँगै विम्बल्डनबाट नाम फिर्ता लिन बाध्य भएको छु । यो जानकारी गराउँदा म निकै दुखी छु,’ उनले ट्विट गरेका छन्, ‘म अहिले सेल्फ आइसोलेसनमा छु । कोभिडका कारण यो अवसर गुमाउँदा म निराश छु ।’