नेपाल बास्केटबल संघ

माल्दिभ्स जाने बास्केटबल टोली घोषणा

काठमाडाैं । जुन १४ देखि २२ सम्म मल्दिभ्समा हुने पाँच राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि नेपालकाे टोली घोषणा भएको छ ।

नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत १२ सदस्यी टोली घोषणा गरेको हो ।

यसैगरी संघले लिनिङ मुख्य  प्रायोजकका  रूपमा टोलीसँग जोडिएको जनाएको छ । 

टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् । प्रतियोगिताका लागि टोलीले एक महिनादेखि अभ्यास गरिरहेको छ । 

च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता छ । सबै टाेलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपाली टोली 
सदिश प्रधान(कप्तान), विनोद महर्जन, विजय बुर्जा, निकेश राखाल मगर, आयुष सिंह, दिवेश्‍वर शाह, मविन्द्र भण्डारी, अजय कुशवाहा, निश्चल महर्जन  मनिष केसी, आशिम श्रेष्ठ, श्रेयसबहादुर शाह