रोयल इन्फिल्ड पोकर रन

वर्षको अन्तिम दिन रोयल इन्फिल्ड पोकर रन हुने

काठमाडौं । वर्ष २०८० को अन्तिम दिन यही चैत ३० गते शुक्रबार रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिको आयोजनामा रोयल इन्फिल्ड पोकर रन नेपाल हुने भएको छ । 

रोयल इन्फिल्ड कम्पनीका सबै चालकहरुको सहभागिता रहने यो रन बिहान भृकुटी मण्डपस्थित पर्यटन बोर्डबाट सुरु भएर त्यही दिन साँझ पोखरा पुगेर टुंगिनेछ ।

रनमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र अस्ट्रिया लगायतका देशबाट १ ५० हाराहारीका चालकहरुको सहभागिता रहने आयोजक अल्फा अटोमोटिभले जनाएको छ ।

मोटरसाइकल यात्रामार्फत भातृत्वको विकासका साथै पर्यटन प्रवद्र्धनको उद्देश्य राखिएको रोयल इन्फिल्ड पोकर रनमा विभिन्न ६ विधामा पुरस्कार राखिएको छ । जसमा बेस्ट पोकर हात, बेस्ट इन्फिल्ड अवार्ड, स्र्पोटिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दुरी राइडर र यात्रा अवधिभर सबभन्दा धेरै मोटरसाइकलबाट दुख पाउने चालकले हार्ड लक अवार्ड पाउनेछन् ।

रनमा सहभागी हुनेहरुले नयाँ वर्षको दिन पोखरास्थित अन्नपूर्ण बाल गृहमा पुगेर बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने बताइएको छ ।