नेपाल रग्बी संघ

बंगबन्धु बंगलादेश -नेपाल मैत्रीपूर्ण शृंखलाका लागि २८ सदस्यीय रग्बी टोलीको घोषणा

काठमाडौं । नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश -नेपाल मैत्रीपूर्ण शृंखलाका लागि दोस्रो चरणमा २८ खेलाडी  छनोट गरेका छ ।

प्रशिक्षक विनोद तामाङ,राज टंक र गोपाल क्षेत्रीले ३५ सदस्यीय प्रारम्भिक टोलीबाट २८ खेलाडी छनोट गरेका हुन्  ।

नेपालले बंगलादेशविरुद्ध दुई सेभेन ए साइड र एक १५ ए साइड  खेल्नेछ ।

नेपाली टोलीः
फरवार्डः श्रीराम श्रेष्ठ, सुमन चौलागाई, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल,रमित बहादुर मल्ल, विवेश बाशु, नपवन महर्जन, किरण गुरुङ, अमर सिंह श्रेष्ठ, राम किशोर चोधरी,विक्रम भारती,शेरबहादुर ओली,श्रीतिज कार्की,सञ्जिव कुमार

ब्याक्सः
कृष्ण क्षेत्री, प्रेम बहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, जुनेक राई, दिनेश थोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेष राजवास्तोला, सुविन महत