इङ्लिस प्रिमियर लिग

एभर्टनको कारणले नै म यो स्थानमा छु: गोर्डन

लिभरपुल ।  स्ट्राइकर एन्थोनी गोर्डनले इङ्लिस प्रिमियर लिगको क्लब एभर्टन छाडेपछि सर्मथकलाई भावुक सन्देश दिएका छन् ।

गोर्डन आफ्नो बाल्यकालको क्लबबाट प्रिमियर लिगको अर्को क्लब न्युकासल युनाइटेडमा अनुबन्धित भएका थिए ।

न्युकासलमा आबद्ध भएको केहि घण्टापछि उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुनः आफुुलाई साथ दिन सर्मथकहरुलाई आग्रह गरेका छन् ।

एर्भटनबाट प्रिमियर लिगले खेलेका गोर्डनले यस सिजन १६ खेलमा तीन गोल मात्र गरे । गोर्डनले लगातार खराब प्रर्दशनबाट गुर्जिरहेको एभर्टनलाई माथि उकास्न सकेनन् ।  
प्रिमियर लिगको अंक तालिकामा एभर्टन पुछारमा रहेको साउथह्याम्टन भन्दा एक स्थान माथि छ ।  

न्युकासलमा नयाँ यात्राको थालनी गर्नुअघि गोर्डनले आफ्नो सहकर्मी र सर्मथकहरुलाई सम्बोधन गर्दै ट्विटरमा लेखेका छन्, ‘११ वर्षको उमेरमा एभर्टन आएको थिए ।क्लबले मलाई फुटबल खेल्नको लागि अवसर मात्र दिएन एभर्टन मेरो लागि दोस्रो परिवार हो । क्लबकै कारण म यहाँ छु । आज जुन स्थानमा छु, त्यो क्लबकै देन हो । यहाँबाट मैले धेरै सम्झनालाई साथमा लिएर जादैँछु ।’

त्यसैगरी गोर्डनले समर्थकलाई धन्यवाद दिँदै क्लबलाई आगामी यात्राका लागि शुभकामाना पनि दिएका छन् ।

‘समर्थक सबैलाई धन्यबाद दिन चाहन्छु । तपाईहरुकै कारण म यहाँ छु । यस वर्ष केहि कठिन निर्णयहरुको सामना गर्नु परे पनि म यसलाई व्यक्तिगत रुपमा लिन चाहन्न । सबैलाई सम्झिनेछु । म एभर्टनलाई माया गर्छु । मलाई थाहा छ कतिपयले यसलाई बुझनु हुन्न तर, नयाँ सुरुवात गर्ने समय आइसकेको छ । क्लबलाई आगामी दिनको शुभकामना ।’