फुटबल

अस्ट्रेलियाका प्रशिक्षक अर्नोल्डले गरे सम्झौता नवीकरण

काठमाडौं ।  अस्ट्रेलियन पुरुष फुटबल टोलीका प्रशिक्षक ग्राहम अर्नोल्डले आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

सम्झौता नवीकरण भएसँगै  अर्नोल्डले सन् २०२६ को विश्वकपमा पनि टोलीको नेतृत्व सम्हाल्नेछन् ।  उनकाे अस्ट्रेलियाले कतार विश्वकप २०२२ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । 
 

समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित भए पनि अस्ट्रेलियाले ट्युनिसिया र डेनमार्कलाई हराएर  सन् २००६ पछि विश्वकपमा अन्तिम १६ को यात्रा तय गरेको थियो । अन्तिम १६ मा अर्जेन्टिनासँग पराजित हुँदै अस्ट्रेलिया बाहिरिन पुग्यो ।

सन् २००६ देखि २००७ सम्म अस्ट्रेलियाको कार्यवाहक प्रशिक्षक रहेका अर्नोल्डले सन् २०२० मा पहिलोपटक अस्ट्रेलियन टोलीको प्रशिक्षण सम्हालेका थिए ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।