स्पेनिस ला लिगा

बार्सिलोनासँग दुरी घटाउँदै रियाल

मड्रिड । एथ्लेटिक बिलबाओलाई २-० ले पराजित गर्दै साबिकको विजेता रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनासँगको दुरी तीन अंकमा झारेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको १७ खेलमा ४४ अंक छ भने रियालको समान खेलमा ४१ अंक छ । तेस्रो स्थानको रियाल सोसिडाडको ३८ तथा चौथो र पाँचौ स्थानको एट्लेटिको मड्रिडको समान खेलमा समन ३१ अंक छ । 

२४औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियालले अग्रता लिएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा टोनी क्रुजले गरेको गोलमा रियालले अग्रता दोब्बर पारेको थियो । 

यसअघि पेड्रीको एक मात्र गोलमा गेटाफेमाथि १-० को जितसहित बार्सिलोनाले  ला लिगाको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको थियो ।

पेड्रीले पहिलो हाफमा गरेको गोलमा बार्सिलोनाले शीर्ष स्थानमा साबिकको विजेता रियाल मड्रिडमाथि ६ अंकको अग्रता लिएको थियो।  तर बिलबाओमाथिको जितपछि रियालले सो अग्रता कम गरेको हो ।

रियालले बिहीबार कोपा डेल रे को क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडको सामना गर्नेछ ।