आर्सनल

मुड्रिक अनुबन्ध नजिक आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब आर्सनल युक्रेनका विंगर मिखाइलो मुड्रिक अनुबन्ध नजिक पुगेको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार अनुसार आर्सनल यही जनवरी  ट्रान्सफर  विन्डोमा युक्रेनी क्लब शाख्तर डोनेस्कबाट मुड्रिकलाई अनुबन्ध गर्न नजिक पुगेको हो ।

लामो समय देखि मुड्रिक भित्र्याउने प्रयासमा रहेको आर्सनल उनका लागि ८० मिलियन पाउन्डसम्म तिर्न तयार रहेका बताइएको छ ।

मुड्रिकलाई भित्र्याउन चेल्सी,म्यानचेस्टर युनाइटेड लगायतका क्लबले पनि चासो देखाइरहेका छन् ।

२२ वर्षिय  मुड्रिकले डोनेस्कका लागि २९ खेलमा नौ गोल गरेका छन् ।