टेनिस

गास्केटलाई अकल्यान्ड ओपनको उपाधि

काठमाडौं । फ्रान्सका रिचर्ड गास्केटले अकल्यान्ड ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

गास्केटले बेलायती टेनिस स्टार क्यामरुन नोरीलाई २–१ को सेटमा पारजित गरेका हुन् ।

अकल्यान्डमा  शनिबार सम्पन्न फाइनलमा पहिलो सेट ४–६ ले गुमाए पनि गास्केटले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६–४ र ६–४ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेका हुन् ।

नोरीले सेमिफाइनलमा अमेरिकी जेन्सन ब्रुक्सबीलाई  ६–३,६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

यतान गास्टेकले भने सेमिफाइनलमा आफ्नै देशका कन्स्ट्यान्ट लेस्टिनबाट वाकओभर पाएका थिए । लेस्टिनले चोटका कारण सेमिफाइनल नखेल्ने निर्णय गरेका  हुन् ।