श्रावण १४, २०८२ बुधबार | ०५:०२:३४
रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’

एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा

काठमाडौं । अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको समूह विभाजन सम्पन्न भएको छ ।

मंगलबार एसियन फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको समूह विभाजन अनुसार दक्षिण एसियाली राष्ट्र बंगलादेश र साबिक विजेता चीन एकै समूहमा परेका छन् । समूह ‘बी’मा यी दुईसँगै पूर्व विजेता उत्तर कोरिया र उज्वेकिस्तान छन् ।

छनोट चरण पार गर्दै उज्वेकिस्तान र बंगलादेश पहिलो पटक एसियन कपमा सहभागिता जनाउँदैछन् । छनोट प्रतियोगितमा उज्वेकिस्तानले नेपाल, लाओस र श्रीलंकालाई पछाडि पादै अस्ट्रेलियाको टिकट काटेको हो । यसैगरी बंगलादेशले म्यानमार, बहराइन र तुर्किमिनिस्तानलाई हराएको थियो ।

त्यस्तै भारतले समूह ‘सी’ मा जापान, भियतनाम र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । भारत पनि पहिलो पटक छनोट चरण पार गरेर एसियन कप खेल्दैछ । छनोट प्रतियोगितामा थाइल्यान्ड, टिमोर लिस्टे, इराक र मंगोलियालाई पछि पार्दै भारतले ऐतिहासिक सफलता हासिल गरेको थियो ।

आयोजक अस्ट्रेलिया रहेको समूह ‘ए’मा दक्षिण कोरिया, इरान र फिलिपिन्स छन् । यो समूहलाई प्रतियोगिताकै सबैभन्दा कठीन समूह मानिएको छ ।

प्रतियोगिता मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका तीन सहरमा हुनेछ । हरेक समूहका शीर्ष दुईले सोझै क्वार्टरफाइनलमा स्थान बनाउने छन् । यस्तै तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोली पनि नकआउट चरणमा पुग्ने छन् ।


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER