काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ ।
वार्नर पार्कमा मंगलबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलिया तीन विकेटले विजयी भयो ।
जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला ५-० ले आफ्नो पक्षमा पार्यो । यसअघि अस्ट्रेलिया, तीन, आठ, ६ र तीन विकेटले विजयी भएको थियो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि मिचेल ओवेनले ३७, क्यामरुन ग्रिनले ३२, टिम डेविडले ३०, आरोन हार्डीले अविजित २८, कप्तान मिचेल मार्शले १४ र जोश इङ्लिसले १० रन बनाए ।
पाँचौं विकेटका लागि ओवेन र ग्रिनबीच ६३ रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि अकिल हुसेनले तीन तथा जेसन होल्डर र अल्जाी जोसेफले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि सिमरन हेटमायरले ३१ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी शेर्फन रादरफोर्डले ३५, जेसन होल्डरले २०, म्याथ्यु फोर्डले १५ तथा अकिल हुसेन र ब्रेन्डन किंगले समान ११ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन्जामिन द्वारशुइसले तीन, नाथन एलिसले दुई तथा आरो हार्डी, सेन एबोट, एडम जम्पा र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।