श्रावण ११, २०८२ आइतबार | १७:३५:०९
सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न खेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न खेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित

अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी

काठमाडौं । अस्ट्रलेलियाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा लगातार चाैथाे जित दर्ता गरेकाे छ ।

वार्नर पार्कमा आइतबार अस्ट्रेलिया तीन विकेटले विजयी भयो ।

जितसँगै अस्ट्रेलिया पाँच खेलको शृंखलामा ४-० ले अगाडि बढेको छ । यसअघि अस्ट्रेलिया तीन,आठ  र ६ विकेटले विजयी भएकाे थियाे ।

वेस्ट इन्डिजले प्रस्तुत गरेकाे २०६ रनकाे लक्ष्य अस्ट्रेलियाले चार बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गर्याे ।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ३५ बलमा सामना तीन चाैका छक्काकाे मद्दतले अविजित ५५ रनकाे याेगदान गरे । यसैगरी जाेश इङ्लिसले ३० बलमा १० चाैका र एक छक्कासहित ५१, ग्लेन म्याक्सवेलले ४७ र आरोन हार्डीले २३ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेडिया ब्लेडेसले तीन तथा जेसन हाेल्डर, राेमारियाे शेफर्ड र अकिल हुसेनले समान एक विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०५ रनकाे याेगफल तयार पारेकाे थियाे ।

वेस्ट इन्डिजका लागि शेर्फन रादरफाेर्डले ३१,राेभमन पावेल र राेमारियाे शेफर्डले समान २८, जेसन हाेल्डरले २६, ब्रेन्डन किंगले १८,अकिल हुसेनले  अविजित १६, सिमरन हेटमायरले १६, म्याथ्यु फाेर्डले १५ र कप्तान साइ हाेपले १० रन बनाए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन तथा आरोन हार्डी, जेभियर बार्ट्लेट, सेन एबाेटले समान दुई विकेट लिए ।

शृंखलाकाे पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने