काठमाडौं। भारतले ताजिकिस्तान र उज्वेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
आयोजक मध्य एसियाली फुटबल महासंघ (काफा) ले भारतलाई मलेसियाको स्थानमा खेलाउन लागेको हो ।
प्रतियोगितामा भारतको यो पहिलो सहभागिता हुनेछ। प्रतियोगिता आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुँदैछ ।
आठ टोली सहभागी हुने दोस्रो संस्करणको प्रतियोगिताका लागि मलेसिया र ओमानलाई आमन्त्रित टोलीको रूपमा निमन्त्रणा गरिएको थियो। तर, मलेसियाले खेलाडी उपलब्धता र यात्रा व्यवस्थापनका समस्या देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
प्रतियोगितामा भारतसहित, उज्वेकिस्तान, इरान, अफगानिस्तान ओमान(आमन्त्रित), किर्गिस्तान, ताजकिस्तान र तुर्किमेनिस्तानले सहभागिता जनाउने छन् ।
सन् २०२३ मा सम्पन्न पहिलो संस्करणमा इरान च्याम्पियन बनेको थियो ।
भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER