श्रावण १४, २०८२ बुधबार | ११:०७:१६
आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस

रिएले कपको आठौं संस्करण साउन २४ देखि

काठमाडौं ।  ‘आठौं रिएले कप’ रिएले समर लिग  साउन २४ गते (अगस्ट २) बाट सुरु हुने भएको हो।

एफसी रिएलेको आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर ठिमी, बोडेस्थित रिएले खेल मैदानमा । यस संस्करणमा तीन उमेर समूह समावेश गरिएको आयोजकले जनाएको छ। जसमा यु-१०, यु-१२ र यु-१४ मा प्रतिस्पर्धा हुनेछ ।  

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउन पाउने छन् । इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दियो ।

यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । एफसी रिएले जापानको गैर-नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ।

यसले युथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुई पटक समर र विन्टर गरि लिग सञ्चालन गर्दै आएको छ ।

समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकालाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।

यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रको विकासमा योगदान दिँदै आएको छ।

नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीले यस लिगलाई सहयोग गर्दै आएका छन् ।
 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER