काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले स्वर्गीय खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आर्चाय र साइमन योञ्जनको स्मृतिमा एन्फा यु-१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उनीहरूले गत वर्षको असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडमीबाट सुरक्षित स्थानमा सर्नेक्रममा पहिरोमा परि ज्यान गुमाएका थिए ।
एन्फाले आफ्ना जिल्ला र प्रदेश संघलाई प्रतियोगिता गर्नका लागि पत्र काटेको छ । एन्फाका अनुसार जिल्लास्तरिय प्रतियोगिता आगामी भदौ १ गते देखि सोज २१ तथा प्रदेशस्तरिय कार्तिक १७ गते देखि मंसिर १ गते सम्म हुनेछ ।
यस्तै केन्द्रियस्तरिय एन्फा यु-१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आगामी मंसिर १५ पुस २ गतेसम्म, काठमान्डौंमा हुने एन्फाले जनाएको छ ।