काठमाडौं । पोलिश टेनिस खेलाडी इगा स्विटेकले आफ्नो छैटौं ग्रान्डस्लाम उपाधि जितेकी छन् ।
शनिबार स्विटेकले करिअरकै पहिलो पटक विम्बल्डन उपाधि जित्दै आफ्नो ग्रान्डस्लाम संख्यालाई ६ पुर्याएकी हुन् । फाइनलमा उनले अमेरिकन अमान्दा अनिसिमोभालाई ६–०, ६–० को सोझो सेटमा स्तब्ध पारिन् ।
विमल्डनको महिला फाइनलमा यसरी कुनै पनि खेलाडीले एउटा ‘गेम’ पनि नजितेको ११४ वर्षमा पहिलो पटक हो । अमान्दा स्विटेकसामू निरीह बन्दा खेल ५७ मिनेट मात्र चलेको थियो । जितसँगै स्विटेक डब्ल्युटिए सिंगल्स वरीयतामा चौथो स्थानमा उक्लिएकी छन् ।
स्विटेकले अहिलेसम्म चारपटक फ्रेन्च ओपन र एकपटक युएस ओपनको उपाधि जितेकी छन् । उनले अहिलेसम्म फाइनलमा हार बेहोर्नुपरेको छैन ।
आइतबार पुरुष सिंगल्स फाइनलमा शीर्ष वरीयताका दुई खेलाडी यानिक सिनर र कार्लस आल्कारेजबीच प्रतिस्पर्धा हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
