इटालियन सिरी ए

लियो मिलानमै रहनेमा इब्राहिमोभिच विश्वस्त

मिलान । ज्लाटान इब्राहिमोभिचले इटालियन सिरी ए क्लब एसी मिलानका आफ्ना सहकर्मी राफेल लियो  क्लबमै रहने विश्वास व्यक्त गरेका छन ।

लियोले गत सिजन मिलानलाई लिग जिताउन महत्वूर्ण भुमिका खेलेका थिए ।

पोर्चुगलका विंगर लियोले कतार विश्वकप २०२२ मा टोलीका लागि दुई गोल गरेका थिए ।

‘यहाँ आउँदा लियो समान्य खेलाडी थिए,तर अहिले प्रमुख खेलाडी बनेका छन’ इब्रिहामोभिचले भने‘लियो क्लबमा खुखी छन,युवा रहेकाले उनले अझै धेरै सिक्न बाँकी र यसका लागि मिलानभन्दा उपयुक्त अन्य क्लब हुनै सक्दैन । त्यसले मलाई लाग्छ लियो अन्यत्र जाने छैनन् ।’

लियो र मिलानबीचको सम्झौता २०२४ सम्म छ । त्यसपछि लियो सम्झौता नबिकरण गर्न चाहँदैनन् । क्लब उनलाई मानउने प्रयासमा छ ।

पछिल्लो समय बाहिरिएको खबर अनुसार लियोलाई रियाल मड्रिड,पेरिस सेन्ट जर्मन ( पिएसजी), लिभरपुल लगायतका क्लबले भित्राउने इच्छा देखाइरहेका छन ।