माघ ४, २०८२ आइतबार | ११:२०:३२
थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई

फ्रान्सलाई मोरोक्कोको चुनौती

दोहा । मोरोक्कोले यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान रचिसकेको छ ।

बुधबार कतार विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्दा मोरोक्को यो यात्रा थप अघि बढाउने योजनामा छ । 

वादिल रिगरेगीको टोलीले क्रोएसिया र बेल्जियमजस्ता बलिया टोली रहेको एफ को रुपमा अन्तिम १६ मा स्थान बनाएको थियो । क्रोएसियासँग अंक बाँडेको मोरोक्कोले बेल्जियमलाई हराएको थियो ।

अन्तिम १६ र क्वार्टरफाइनलमा पनि मोरोक्कोको यात्रा गज्जबको रहेको थियो । अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा निराश पारेको मोरोक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध पारेको थियो ।

यसअघि नै ठूला टोलीलाई स्तब्ध पारिसकेको मोरोक्को सो यात्रामा फ्रान्सलाई पनि निराश पार्न चाहन्छ । यद्धपी रक्षापत्तिका केही खेलाडीको चोट भने मोरोक्कोका लागि महंगो साबित बन्नसक्छ । 

फ्रान्सका स्ट्राइकर ओलिभर जिरौउड र किलियन एमबाप्पेको उत्कृष्ट लय रोक्न रिगरेगीको टोलीका लागि निकै कठिन हुनसक्छ ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले मोरोक्कोविरुद्ध इङ्ल्यान्डविरुद्ध उतारेकै टोलीलाई निरन्तरता दिने बताइसकेका छन् ।

रिगरेगी भने नाएफ अग्वेर्ड, रोमेन सेसा र नोसायर माजौरीलाई खेलाउने वा नखेलाउने दुबिधामा छन् । यी खेलाडी उपलब्ध नभएको खण्डमा रिगरेगीले याहिया अतियत अल्लाह र जवाद अल यामिकलाई पुनः पहिलो रोजाईमा अवसर दिनेसक्छन् ।जसले पोर्चुगलविरुद्धको क्वार्टरफाइनलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

फ्रान्स र मोरोक्को अहिलेसम्म सात पटक आमने सामने भएका छन् । यसक्रममा फ्रान्सले पाँच खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate