काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हारसँगै नेपालको उपाधि सम्भावना न्युन बनेको छ ।
सोमबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनमा सम्पन्न दिनको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० ले हरायो ।
बंगलादेशका लागि सवीना खातुन, कृष्ण रानी सरकार र लिपी अख्तरले गोल गरे । जितसँगै बंगलादेश तीन खेलमा सात अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो ।
अघिल्लो खेलमा भारतसँग ८–१ को फराकिलो पराजय बेहोरेको नेपाल चार खेलमा चार अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ ।
दिनको दोस्रो खेलमा भुटानले श्रीलंकाको सामना गर्नेछ । तेस्रो खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
