काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबको चुनौती २–१ ले पन्छायो । मछिन्द्रका लागि सनीस श्रेष्ठ र जोनाथन जोरिल्लाले गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा मनाङका लागि विशेष लामाले निर्धारित हाफको इन्जुरी समयमा गोल फर्काएका थिए ।
आफ्नो पहिलो खेलमा मछिन्द्रले न्युरोड टिम(एनआरटी)लाई १–० ले हराएको थियो । यसअघि मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० को फराकिलो हार बेहोरेको थियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा लालिगुँरासले नव जनजागृति क्लबमाथि ४–१ को सानदार जित हासिल गर्यो ।
दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ ले हरायो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
