काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबको चुनौती २–१ ले पन्छायो । मछिन्द्रका लागि सनीस श्रेष्ठ र जोनाथन जोरिल्लाले गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा मनाङका लागि विशेष लामाले निर्धारित हाफको इन्जुरी समयमा गोल फर्काएका थिए ।
आफ्नो पहिलो खेलमा मछिन्द्रले न्युरोड टिम(एनआरटी)लाई १–० ले हराएको थियो । यसअघि मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० को फराकिलो हार बेहोरेको थियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा लालिगुँरासले नव जनजागृति क्लबमाथि ४–१ को सानदार जित हासिल गर्यो ।
दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ ले हरायो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
