फाल्गुन १, २०८२ शुक्रबार | १०:१०:१५
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता

काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच आइतबार प्रायोजन सम्झौता भएको छ ।

एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगमा स्थान बनाएको चित्लाङलाई प्रभुले लाइफ इन्स्युरेन्स पार्टनरका रूपमा साथ दिने भएको हो ।  

सम्झौतापत्रमा क्लबका अध्यक्ष सुगन तण्डुकार र प्रभुका प्रमूख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले हस्ताक्षर गरे ।

सम्झौतापछि चित्लाङलाई प्रभु लाइफ इन्स्योरेन्सले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरुमार्फत कम्पनीको प्रवर्धन गर्नेछ ।

सम्झौतापछि प्रभुका सिइओ प्रसाईले देशको लोकप्रिय खेल र चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । ‘देशलाई एकताको सुत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकोमा हामी निक्कै उत्साहित छौं । यो अवसर दिएकोमा हामी राष्ट्रिय लिगको टोली चित्लाङ एफसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ सिइओ प्रसाईले भने, ‘आगामी दिनमा पनि हामी नेपाली फुटबल र चित्लाङ एफसीसँगको सहकार्यलाई निरन्तरता दिनेछौं । ’

यसैगरी चित्लाङका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप उर्जा थपिएको प्रतिक्रिया दिए । ‘फुटबलमार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा प्रभु लाइफ इन्स्योरेन्ससँगको साथले उत्साह थपिएको छ,’ उनले भने,‘ यो सहकार्यका लागि हामी प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सप्रति आभार प्रकट गर्न चाहन्छु।’


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026