क्रिस्टियानो रोनाल्डो

रोनाल्डोलाई अनुबन्ध गर्न सके क्लबकै लागि ठूलो उपलब्धीः रुडी गार्सिया

रियाद । साउदी प्रो लिग क्लब अल नासेरका प्रशिक्षक रुडी गार्सियाले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न सकेमा त्यो क्लबका लागि सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन ।

म्याचेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएपछि ३७ वर्षे रोनाल्डो क्लबविहिन छन ।

केही समयअघि अल नासेरसँग सम्झौता गर्न रोनाल्डो सहमत भएको खबर सार्वजनिक भएको थियो । तर रोनाल्डोले भने सो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए । उनले कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि पत्रकारसँग बोल्दै आफु अल नासेर जाने खबर सत्य नभएको बताएका थिए ।

‘म रोनाल्डोको बारेमा केही भन्न सक्दिन ,गार्सियाले भने‘मलाई लाग्छ रोनाल्डो जस्ता स्टार खेलाडी  भित्र्याउनु  हरेक प्रशिक्षकको सपना हुन्छ । तर यो त्यती सहज भने छैन । यदी क्लब उनलाई अनुबन्ध गर्न सफल भएमा यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’