माघ १५, २०८२ बिहीबार | ००:०९:५१
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

एमबाप्पेले पूरा गरे हाकिमीसँगको वाचा

दोहा । जनवरीमा कतार भ्रमणमा जाँदा किलयन एमबाप्पेले फ्रान्सले कतार विश्वकपमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरेका थिए । 

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एमबाप्पेले क्लबका अन्य साथीहरुसँग मजाक गर्दै अर्सफ हाकिमीलाई  भनेका थिए,' मैले मेरो साथीलाई हराउनु पर्ने हुन्छ ।'

एमबाप्पेको भनाईमा हाकिमीको जवाफ थियो,'म पनि एमबाप्पलाई हराउँछु ।'

त्यसको एघार महिनापछि यी दुई टोली बुधबार कतार विश्वकप २०२२ को सेमिफाइनलमा आमने सामने भए, जहाँ एमबाप्पेले भनेझै हाकिमीको टोली पराजित भयो । जारी विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै सबैलाई आश्यर्चमा पारेको मोरोक्कोले फाइनलमा भने स्थान बनाउन सकेन । मोरोक्कोले साबिकको विजेता फ्रान्सलाई २-० को नतिजा सुम्पियो ।

एमबाप्पे र हाकिमी मिल्ने साथी हुन् । हाकिमीको फ्रिकिकमा जनवरीमा मोरोक्कोले मलावीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएपछि हाकिमीलाई विश्वकै उत्कृष्ट रक्षकको संज्ञा दिएका थिए ।

एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडी हुन् र मेरो मिल्ने साथी हुन्, एमबाप्पेको पिएसजी बसाईको बारेमा सोधेको प्रश्नमा हाकिमीको जवाफ थियो । 

मोरोक्कोका प्रशिक्षक वालिद रिगरेगीले सेमिफाइनल अघि भनेका थिए, ‘एमबाप्पेमा मात्र केन्द्रित हुुनु ठूलो गल्ती हुनेछ । हाकिमी पनि उत्कृष्ट लयमा छन् । आशा छ हाकिमी एमबाप्पेलाई रोक्न सफल हुन्छन् । ’

अल बयात स्टेडियममा खेलको पाँचौ मिनेटमै एमबाप्पेले गोलको अवसर पाएका थिए । तर उनको प्रहार मोरोक्कोका रक्षकले विफल पारेका थिए । क्लियर हुन नसकेको सो बललाई थियो हर्नान्डेजले जाली चुमाएका थिए ।

‘यो फुटबल हो र यहाँ जित्नै पर्छ । हामीबीचको मित्रता कायम छ’, खेलपछि एमबाप्पेले भने । 

फ्रान्सले आइतबार हुने फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिना गत संस्करणको उपविजेता क्रोएसियालाई निराश पार्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल प्रवेशसँगै फ्रान्स ६० वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने संघारमा पुगेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।