चैत्र ६, २०८२ शुक्रबार | २०:४४:०८
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एमबाप्पेले पूरा गरे हाकिमीसँगको वाचा

दोहा । जनवरीमा कतार भ्रमणमा जाँदा किलयन एमबाप्पेले फ्रान्सले कतार विश्वकपमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरेका थिए । 

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एमबाप्पेले क्लबका अन्य साथीहरुसँग मजाक गर्दै अर्सफ हाकिमीलाई  भनेका थिए,' मैले मेरो साथीलाई हराउनु पर्ने हुन्छ ।'

एमबाप्पेको भनाईमा हाकिमीको जवाफ थियो,'म पनि एमबाप्पलाई हराउँछु ।'

त्यसको एघार महिनापछि यी दुई टोली बुधबार कतार विश्वकप २०२२ को सेमिफाइनलमा आमने सामने भए, जहाँ एमबाप्पेले भनेझै हाकिमीको टोली पराजित भयो । जारी विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै सबैलाई आश्यर्चमा पारेको मोरोक्कोले फाइनलमा भने स्थान बनाउन सकेन । मोरोक्कोले साबिकको विजेता फ्रान्सलाई २-० को नतिजा सुम्पियो ।

एमबाप्पे र हाकिमी मिल्ने साथी हुन् । हाकिमीको फ्रिकिकमा जनवरीमा मोरोक्कोले मलावीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएपछि हाकिमीलाई विश्वकै उत्कृष्ट रक्षकको संज्ञा दिएका थिए ।

एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडी हुन् र मेरो मिल्ने साथी हुन्, एमबाप्पेको पिएसजी बसाईको बारेमा सोधेको प्रश्नमा हाकिमीको जवाफ थियो । 

मोरोक्कोका प्रशिक्षक वालिद रिगरेगीले सेमिफाइनल अघि भनेका थिए, ‘एमबाप्पेमा मात्र केन्द्रित हुुनु ठूलो गल्ती हुनेछ । हाकिमी पनि उत्कृष्ट लयमा छन् । आशा छ हाकिमी एमबाप्पेलाई रोक्न सफल हुन्छन् । ’

अल बयात स्टेडियममा खेलको पाँचौ मिनेटमै एमबाप्पेले गोलको अवसर पाएका थिए । तर उनको प्रहार मोरोक्कोका रक्षकले विफल पारेका थिए । क्लियर हुन नसकेको सो बललाई थियो हर्नान्डेजले जाली चुमाएका थिए ।

‘यो फुटबल हो र यहाँ जित्नै पर्छ । हामीबीचको मित्रता कायम छ’, खेलपछि एमबाप्पेले भने । 

फ्रान्सले आइतबार हुने फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिना गत संस्करणको उपविजेता क्रोएसियालाई निराश पार्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल प्रवेशसँगै फ्रान्स ६० वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने संघारमा पुगेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो