स्पेनिस ला लिगा

एट्लेटिकोको खराब लयका कायमै

मड्रिड । एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ ।

बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भयो । कतार विश्वकप २०२२ अघिको लिगको अन्तिम खेलमा एट्लेटिको आफ्नो खराब लयलाई रोक्न सफल भएन । 

एट्लेटिकाले ला लिगामा अक्टोबर २३ मा रियाल बेटिसलाई  हराएको थियो । च्याम्पियन्स लिगमा लेभरकुशनसँग बराबरीमा रोकिएसँगै समूह चरणबाटै बाहिरिएको एट्लेटिकोले अन्तिम खेलमा एफसी पोर्टोलाई नतिजा सुम्पिएको थियो । ला लिगामा एट्लेटिकोले कार्डिचलाई नतिजा सुम्पिएको थियो भने स्पानियोलसँग अंक बाँडेको थियो ।

१६औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट तीन अंक जोड्न पर्याप्त भयो ।

२१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए पनि भिएआरले सो गोललाई मान्यता दिएन ।

१४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा १९ अंक बटुलोको मार्लोका १०औं स्थानमा छ ।

एट्लेटिकोले शनिबार कोपा डेल रे मा अल्माजनको सामना गर्नेछ । ला लिगमा भने एट्लेटिकोले डिसेम्बरको अन्त्यमा इल्चीको सामना गर्नेछ ।