इङलिस लिग कप

लिभरपुल र सिटीको जित

लन्डन । साबिकको विजेता लिभरपुल बुधबार  डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै इङलिस लिग कपको चौथो चरणमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । जहाँ लिभरपुल भाग्यमानी बन्यो ।

त्यस्तै रियाद महारेज र अल्भारेजले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर सिटीले  लिग कपको तेस्रो चरणमा चेल्सीलाई २-० ले हराएको छ ।

सिटी लिग कपको पछिल्लो १० सिजनमध्ये सात सिजनको विजेता हो । 

यस्तै ब्राइटोन आर्सनललाई ३-१ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्दा टोटनहम भने नटिङघम फरेस्टसँग २-० ले निराश भयो ।