एपिएफ

महिला फुटबलमा एपिएफ विजयी

वालिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।

खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् । खेलको छैठौ औँ मिनेटमा अनिता केसीले आफ्नो टिमको लागि गोल संख्या दोब्बर पारेकी थिइन् । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन् ।

खेलकोे ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यातिmगत दोस्रो गोल गर्दे टीमको लागि चौथो गोल गरिन् । खेलको ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।