इङ्लिस प्रिमियर लिग

युनाइटेडले क्षमतावान खेलाडी पहिचान गर्न नसकेको स्कोल्सको आरोप

लन्डन । म्यानचेस्टर युनाइटेडका पूव मिडफिल्डर पाउल स्कोल्सले क्लब गत सिजन र यस सिजन सरुवा बजारमा सुस्त देखिएको आरोप लगाएका छन् । 

गत सिजन युनाइटेडले जाडोन सान्चो, राफेल भरान र क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरे पनि इङलिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै सिजनको अन्त्य गर्न असफल भएसँगै च्याम्पियन्स लिगको टिकट काट्न असफल भएको थियो । 

यस सिजन पनि युनाइटेड सरुवा बजारमा आक्रामक नदेखिएको स्कोल्सको दाबी छ । यस सिजनका लागि कासिमिरो र एन्टोनी ओल्ड ट्राफोर्डमा भित्रिएका थिए । रोनाल्डोको ओल्ड ट्राफोर्ड भविष्य अन्योलमा रहेको बेला युनाइटेडले फ्रयांकी डी जोङलाई भित्राउने योजना बनाए पनि त्यसमा सफल भएन । 

इरिन टेन हागको प्रशिक्षणमा युनाइटेड सिजनको लगातार चार खेलमा जितविहिन रहेको थियो । यस क्रममा युनाइटेडले प्रिमियर लिगमा लगातार दुई खेल गुमाएको थियो । 

‘सान्चोलाई अनुबन्ध गर्नुपर्ने करण के थियो, उनी बुन्डेसलिगा चले पनि प्रिमियर लिगमा उनले आफ्नो क्षमता प्रमाणित गर्न सकेनन’',स्कोल्सले भने, रोनाल्डो यसअघि युनाइटेडमा रहँदा युवा थिए र उनी उत्कृष्ट लयमा समेत थिए । अहिले उनी स्वभाविक लयमा छैनन । उनीमाथि क्लबले किन विश्वास गरिरहेको छ । भरानलाई ल्याउनुको कारण के थियो,त्यो पनि स्पष्ट छैन । गत सिजन सरुवा बजारमा क्लबले गल्ती गरेको थियो र यस सिजन पनि क्लबले त्यसमा केही सुधार गरेन ।'