इटालियन सिरी ए

युभेन्टसको सर्वकालिन खेलाडी बन्ने पोग्बाको चाहाना

मिलान । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले इटालियन सिरी ए को क्लब युभेन्टसको सर्वकालिन खेलाडी हुने चाहना रहेको बताएका छन् ।

पोग्बा इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँगको ६ वर्षको सम्झौतामा पूर्णविराम लगाउँदै यसै सिजन पूर्व क्लब युभेन्टस फर्किएका थिए ।यद्धपी चोटका कारण उनले क्लबबाट यस सिजन कुनै पनि खेल भने खेलेका छैनन । 

'पोग्बाले आन्द्रे पिर्लो, जियानलुगी बुफोन र जर्जियो किलिनीजस्तै क्लबको सर्वकालिन खेलाडी बन्न चाहेको बताए । पोग्बाले युभेन्टसमा नयाँ चुनौतीको सामना गर्न तयार रहेको समेत बताए ।

‘म युभेन्टसमा सधैँ रमाउँछु । त्यसैले यहाँ आउने निर्णय लिएको थिए’,पोग्बाले भने, ‘मेरा लागि चोटका कारण पछिल्लो तीन सिजन सुखद रहेन । युभेन्टसले दुई वर्षदेखी सिरी ’ए' को उपाधि जितेको छैन । म नयाँ चुनौती स्विकार गर्दै यहाँ आएको हुँ र क्लबलाई पुन च्याम्पियनको छबीमा फर्काउनेमा मेरो पनि भुमिका रहनेमा आशाबादी छु । मैले युभेन्टसबाट धेरै सिकेको छु ।म पनि क्लबको सर्वकालिन खेलाडी बन्न चाहन्छु । त्यसैले क्लबको हरेक उपाधि लक्ष्यमा साथ दिन चाहन्छु ।'