युइएफए नेसन्स लिग

स्पेन फाइनलमा

मड्रिड । अल्भारो मोराटाले खेलको अन्तिम मिनेटमा गरेको गोलमा स्पेन मंगलबार पोर्चुगलमाथि १-० को जितसहित युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ । 

बराबरीतर्फ उन्मुख खेलको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा पोर्चुगलले फाइनलमा स्थान बनाउने अवसर गुमायो । 

८८औं मिनेटमा मोराटाले गरेको गोल स्पेनका लागि शीर्ष स्थानमा उक्लिदै फाइनलमा स्थान बनाउन पर्याप्त रह्यो ।

ग्रुप ए टु मा स्पेनको ६ खेलमा ११ अंक रह्यो भने दोस्रो स्थानको पोर्चुगलको १० अंक रह्यो । तेस्रो स्थानको स्विटजरल्यान्डको नौ र चौथो स्थानको चेक रिपब्लिकको मात्र चार अंक रह्यो ।

स्पेनसँग अंक बाँडेको खण्डमा भने पोर्चुगलले फाइनलमा स्थान पक्का गर्दथ्यो । 

यसअघि क्रोएसिया, इटाली र नेदरल्यान्ड्ले पनि फाइनल फोरमा स्थान बनाइसकेका छन् । 

यसै समूहको अर्काे खेलमा स्विट्जरल्यान्डले चेक रिपब्लिकलाई २-१ ले हरायो । 

पोर्चुगलले कतार विश्वकप अघि नोभेम्बर १६ मा नाइजेरिया र स्पेनले सोही दिन जोर्डनविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । विश्वकर नोभेम्बर २० बाट सुरु हुनेछ ।