युइएफए नेसन्स लिग

स्कटल्यान्ड लिग ए मा बढुवा

ग्लास्गो । स्कटल्यान्ड मंगलबार युक्रेनसँग गोलरहित बराबरी खेल्दै युइएफए नेसन्स लिग बी बाट लिग ए मा बढुवा भएको छ ।

लिग बी ग्रुप ए को विजेता बन्न स्कटल्यान्डलाई मात्र एक अंकको आवश्यक थियो । दोस्रो स्थानको युक्रेनका लागि भने बढुवा पक्का गर्न स्कटल्यान्डमाथि जितको विकल्प थिएन । 

स्कटल्यान्डको ६ खेलमा १३ अंक रह्यो भने दोस्रो स्थानको युक्रेनको समान खेलमा ११ अंक रह्यो । तेस्रो स्थानको आयरल्यान्डको सात र चौथो स्थान अर्मेनियाको तीन अंक रह्यो । अर्मेनिया भने लिग सी मा घटुवा भयो ।

लिग वानमा बढुवा भएसँगै स्कटल्यान्डले युरोपियन च्याम्यिनपसि २०२४ को छनोटको प्लट टु मा स्थान बनाएको छ । 

चिरप्रतिद्धन्द्धी इङल्यान्ड घटुवा भएको एक दिनपछि नै स्कटल्यान्ड लिग वानमा बढुवा भएको हो । 

‘यो हाम्रा लागि विशेष उपलब्धी हो’, स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले भने,' हामी समूह विजेता बन्ने लक्ष्यमा थियौ र त्यो लक्ष्य पूरा भएको छ । हामी युक्रेनसँग विश्वकपको प्लेअफमा पराजित भएका थियौ । तर आज हामी सोही नतिजा दोहोरिएको हेर्न चाहदैनथ्यौ ।'