नेपाली फुटबल

नेपाल र बंगलादेशको खेल एक्सन स्पोर्ट्समा लाइभ!

काठमाडौं । भोलि दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।

नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई फिफा डेमा आधिकारिक मैत्रीपूर्ण खेलका लागि आतिथ्यता दिँदै छ ।

कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं नेतृत्वको नेपाली घरेलु समर्थकमाझ बंगलादेशलाई पराजित गर्ने लक्ष्यमा छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टिम आइतबार नै काठमाडौं आइपुगिसकेको छ । मंगलबार साँझ ५ः ३० बजे सुरु हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने डिसहोमले जानकारी दिएको छ ।