अस्ट्रेलिया

अस्ट्रेलियालाई चोटको चिन्ता छैन: प्रशिक्षक

सिड्नी । अस्ट्रेलियन क्रिकेट टिमका मुख्य प्रशिक्षक एन्ड्रिउ म्याकडोनाल्डले टिममा पर्याप्त खेलाडी भएकाले चोटको चिन्ता नभएको बताएका छन् । अस्ट्रेलिया अर्को महिना घरेलु मैदानमा ट्वान्टी २० विश्वकपको उपाधि रक्षा गर्ने तयाीमा छ ।

गत वषै युएईमा च्याम्पियन बनेको अस्ट्रेलियाले अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म घरेलु मैदानमा विश्वकपको आयोजना गर्दैछ ।

‘हाम्रो टिममा केही चोटले समस्या भएको छ, विश्वकपमा त्यसको प्रभाव हुनेछ,’ प्रशिक्षक म्याकडोनाल्डले भने, ‘मुख्य खेलाडीहरु टिम बाहिर हुन् भन्ने कोही चाहँदैन । तर, हामीसँग राम्रा खेलाडी विकल्पमा छन् ।’